लुम्बिनी विकास बैंकको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

2021-12-13
लुम्बिनी विकास बैंकको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४२९.६५ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ४८५.५० रुपैयाँ कायम थियो । 

बैंकले गत आर्थिक वर्ष २०७७/७८ का लागि १३ प्रतिशत बोनस सेयर र ०.६८४२ प्रतिशत नगद लाभांस गरी कुल १३.६८४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। 

यो लाभांस बैंकको आगामी पुस ९ गते आयोजना हुने १४ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। 


Share this with your friends: