काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफबाट २०७८ असार मसान्तसम्म कायम चुक्तापूँजी २६ करोड ६५ लाख ९७ हजार ४८५ रुपैयाँको २०.०३१ प्रतिशत बोनस सेयर र १.०५४ प्रतिशत नगद लाभांस गरी कुल २१.०८५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांसमा चुक्तापूँजीको २०.०३१ प्रतिशतले हुन आउने ५ करोड ३४ लाख २ हजार ५१५ रुपैयाँबराबरको बोनस सेयर र १.०५४ प्रतिशतले हुन आउने २८ लाख १० हजार ६५९ रुपैयाँबराबरको नगद लाभांस रहेका छन् ।
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।