विन नेपाल लघुवित्तद्वारा लाभांस संशोधन

2022-05-17
विन नेपाल लघुवित्तद्वारा लाभांस संशोधन

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस संशोधन गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तावित लाभांस संशोधन गरेको हो । 

संस्थाले साविकको नेपाल सेवा लघुवित्तसँग एक आपसमा गाभ्ने÷गाभिने कार्यपश्चात कायम भएको चुक्तापूँजी रु.७ करोड २४ लाख ४१ हजार ३ सय रुपैयाँको ९.३३ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांस गरी कुल ९.८३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । 

यसअघि संस्थाको गत चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि आ.व २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट ११ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांस गरी कुल ११।५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो । 

संस्थाको संशोधित लाभांस आगामी जेठ २० गते आयोजना हुने सातौँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: