विश्वका १० ठूला बीमा बजारको जीडीपीमा ४.५%को गिरावट आउने

2020-11-20
विश्वका १० ठूला बीमा बजारको जीडीपीमा ४.५%को गिरावट आउने

काठमाण्डौ । विश्वका १० ठूला बीमा बजारले सन् २०१९ को तुलनामा सन् २०२० मा एकिकृत रुपमा ४.५ प्रतिशत जीडीपी गिरावटको सामना गर्नु पर्ने देखिएको छ। इन्स्योरेन्स इन्फर्मेसन इन्स्टिच्युट(ट्रीपल–आई)ले सार्वजनिक गरेको नयाँ रिपार्टमा यस्तो देखिएको हो। 

बीमाशुल्क आर्जनका आधारमा सन् २०१८–१९ मा विश्वका शीर्ष १० बीमा बजारमा अमेरिका, चीन, जापान, बेलायत, फ्रान्स जर्मनी, दक्षिण कोरिया, इटली, क्यानडा र ताइवान रहेका छन्। 

ट्रीपल–आईले विश्वका शीर्ष १० बजारको सन् २०१८–१९ को बीमाशुल्क आर्जनका आधारमा जिडीपीमा ४.५ प्रतिशतको गिरावट आउने प्रक्ष्येपण गरेको छ। 
ट्रीपल–आईका उपाध्यक्ष तथा वरिष्ठ अर्थशास्त्री डाक्टर मिचेल लियोनार्डले सबै कुरा यथास्थितीमा रहने हो भने उच्च आर्थिक गतिविधीले प्रिमियम
लाई वृद्धि गर्ने र निम्न आर्थिक गतिविधीले प्रिमियम वृद्धिलाई तल झार्ने बताएका छन्। 

यसका साथै उनले लकडाउनको समायावधि, कोरोना भ्याक्सिनको परिक्षण र भ्याक्सिनको वितरणले सन् २०२१ मा आर्थिक पुर्नउत्थानको गतिलाई निर्धारण गर्ने बताएका छन्। 

“यद्यपी सन् २०२१ को अन्त्यसम्म र सन् २०२२ को सुरुवातसम्म आर्थिक क्रियाकलाप पूर्ण रुपमा रिकभर हुने छैन। यदि अवस्था सुधार हुने हो भने पनि सबल र बलिया अर्थतन्त्रमा सन् २०२१ को दोस्रो वा तेस्रो त्रैमाससम्म आर्थिक वृद्धि पूर्ण रुपमा रिकभर हुने छैन। विकसीत अर्थतन्त्रहरुमा भने सन् २०२१ को तेस्रो वा चौथो त्रैमाससम्म आर्थिक वृद्धि पूर्ण रुपमा रिकभर हुने छैन।” उनले भने।

जिडीपीले कुनै एक अर्थतन्त्रले एक वर्षमा उत्पादन गरेको कुल वस्तु तथा सेवाको मूल्यलाई प्रतिनिधित्व गर्ने गर्दछ, भने प्रिमियम भनेको बीमा पोलिसीको लागि भुक्तानी गरिएको मूल्य हो। प्रिमियमका अतिरिक्त बीमकहरुले लगानीका माध्यमबाट समेत आम्दानी गर्ने गर्दछन्।    

 

 


Share this with your friends: