शिखर इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-03-09
शिखर इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको २७.७६९ प्रतिशत बोनस सेयर र १.४६२ प्रतिशत नगद लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

कम्पनीले भोलि(फागनु २६ गते)देखि चैत ०९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्रापत गर्न र वार्षिक साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन् ।

कम्पनीको गत फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको १५ औँ र १६ औँ वार्षिक साधारण सभा आउँदो चैत ०९ गते कम्पनीको थापाथलीस्थित केन्द्रिय कार्यालयमा आयोजन हुँदैछ । उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित २७.७६९ प्रतिशत बोनस सेयर र १.४६२ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै कम्पनीको अधिकृत पूँजी वृद्धि गरी ४ अर्ब रुपैयाँ पुर्याउने र सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 
प्रस्तावित बोनस सेयर पश्चात कायम हुने कम्पनीको चुक्ता पूँजीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याई संस्थापक तथा सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा प्रस्तावित बोनस सेयरपश्चात कायम हुने कम्पनीको चुक्तापूँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरिनेछ। 

यसैगरी आ.व २०७५/७६ तथा २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आ.व २०७५/७६ र आ.व २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ।व २०७७र७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 

 

 


Share this with your friends: