शिखर इन्स्योरेन्सद्वारा लाभांस वितरणको प्रस्ताव

2021-01-05
शिखर इन्स्योरेन्सद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आ.व २०७६/७७ को वितरणयोग्य मुनाफाबाट चुक्तापूँजीको ३६.१ प्रतिशत बोनस सेयर र १.९ प्रतिशत नगद लाभांस गरी कुल ३८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांसमा चुक्तापूँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार ६ सय रुपैयाँको ३६.१ प्रतिशतले हुन आउने ३८ करोड १६ लाख ८९ हजार १२७ रुपैयाँ बराबरको बोनस सेयर र १.९ प्रतिशतले हुन आउने २ करोड ८८ हजार ९०१ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। 

कम्पनीले आ.व २०७७/७८ मा हकप्रद सेयर जारी गरी चुक्तापूँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८ सय रुपैयाँ पुर्याएको हुँदा हकप्रदलाई समेत समायोजन गर्दा उल्लेखित लाभांस दर चुक्तापूँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८ सय रुपैयाँको २७.७६९ प्रतिशत बोनस सेयर र १.४६२ प्रतिशत नगद लाभांस गरी कुल २९.२३१ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरिएको कम्पनीले जनाएको छ। 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।   

 


Share this with your friends: