श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सद्वारा लाभांस प्रस्ताव

2020-12-04
श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। कम्पनीको मंसिर १८ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांस प्रस्ताव गरेको हो। 

बैठकले आ.व २०७६/७७ को मुनाफाबाट चुक्तापुँजी ८२ करोड ९० लाख ३५ हजार रुपैयाँको कुल १०.५३ प्रतिशतले हुन आउने ८ करोड ७२ लाख ९७ हजार ३८५.५० रुपैयाँले हुन आउने लाभांश वितरणको प्रस्ताव गरेको हो। 

यसमध्ये ७.३७ प्रतिशतले हुने ६ करोड १० लाख ९९ हजार ८७९.५० रुपैयाँबराबरको बोनस सेयर र ३।१६ प्रतिशतले हुन आउने २ करोड ६१ लाख ९७ हजार ५०६ रुपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव गरिएको छ। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी २६ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिेनछ। 

 


Share this with your friends: