श्री इन्भेष्टमेन्टको बोनस सेयर हितग्राही खातामा जम्मा

2021-04-11
श्री इन्भेष्टमेन्टको बोनस सेयर हितग्राही खातामा जम्मा

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ। कम्पनीले गत चैत २४ गतेदेखि सेयरधनीहरुको खातामा बोनस सेयर जम्मा गरि सकिएको जनाएको हो। 

कम्पनीको गत पुस २९ गते सम्पन्न २६ औँ वार्षिक साधारण सभाबाट ७.३७ प्रतिशत बोनस सेयर र ३.१६ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरेको थियो। 

कम्पनीले सेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुको हकमा भने अभौतिकिकरण गरेपछि हितग्राही खातामा जम्मा गरिने भएकाले सबैलाई आफ्नो सेयर अभौतिकिकरण गर्न आग्रह गरेको छ। यस सम्बन्धी थप जानकारीका लागि सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्सालमा सम्पर्क राख्न समेत अनुरोध गरेको छ। 

 


Share this with your friends: