श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

2021-12-01
श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। कम्पनीको मंसिर १४ गते मैगलबारका दिन बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ७.७० प्रतिशत बोनस सेयर र ३.३० प्रतिशत नगद लाभांस गरी कुल ११ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा चुक्तापूँजीको ७.७० प्रतिशतले हुन आउने ९ करोड ७९ लाख १४ हजार ८३६ रुपैयाँबराबरको बोनस सेयर र ३.३० प्रतिशतले हुन आउने २ करोड ९३ लाख ७४ हजार ७१६ रुपैयाँबराबरको नगद लाभांस रहेको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी २७ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिेनछ।     


Share this with your friends: