श्रृजनशील लघुवित्तद्वारा आईपीओ निष्कासनको अनुमति माग

2022-05-12
श्रृजनशील लघुवित्तद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । संस्थाले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत वैशाख २२ बोर्डमा आवेदन दिएको हो । 

संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो । 

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । 


Share this with your friends: