सनराइज बैंकद्वारा लाभांस घोषणा

2020-11-23
सनराइज बैंकद्वारा लाभांस घोषणा

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आफ्ना सेयरधनीका लागि लाभांस घोषणा गरेको छ। बैंकको मंसिर ७ गते भिडियो कन्फरेन्सीङ मार्फत बसेको सञ्चालक समितिको बैठकले लाभांस वितरणको घोषणा गरेको हो। 

उक्त बैठकले २०७७ असार मसान्तसम्मको संचित मुनाफा तथा आ.व २०७६/७७ को मुनाफाबाट बोनस सेयर र नगद लाभांस प्रदान गर्ने निर्णय गरेको हो। 
बैठकले बैंकको हाल कायम चुक्ता पूँजिको ८ अर्ब छ्यानब्बे करोड अठहत्तर लाख एघार हजार चार सय छत्तिस रुपैयाँको कुल ८.२५ प्रतिशतले हुन आउने ७४ करोड २५ लाख ३४ हजार ७८६ रुपैयाँ बराबरको लाभांस वितरण गर्ने निर्णय गरेको हो। 

घोषित लाभांस अनुसार सेयरधनीले ५.८ प्रतिशत बोनस सेयर र २.४८ प्रतिशत नगद लाभांस(बोनस सेयर र नगद लाभांसमा लाग्ने कर प्रयोजनका लागि समेत) प्राप्त गर्नेछन्। 

 


Share this with your friends: