सनराइज बैंकद्वारा साधारण सभा आह्वान, लाभांस पारित मुख्य अजेन्डा

2020-12-13
सनराइज बैंकद्वारा साधारण सभा आह्वान, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ।  सनराइज बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर २५ गते बसेको सञ्चालक समितको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो पुस २४ गते शुक्रबारका दिन काठमाण्डौ बालुवाटारमा रहेको आम्रपाली बेंक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको छ। 

उक्त सभामा कुल ८.२८ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। प्रस्तावित लाभांशमा ५.८० प्रतिशतले हुन आउने ५२ करोड १ लाख ३३ हजार ६३.२९ रुपैयाँबराबरको बोनस सेयर र २.४८ प्रतिशतले हुन आउने २२ करोड २४ लाख १ हजार ७२३.६२ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

यस्तै अन्य बैंक वा वित्तीय संस्था सँगलाई गाभ्ने÷ गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिनेछ। 

सभामा आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात तथा आ.व २०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गरिनेछ। 

बैंकले पुस ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।

 


Share this with your friends: