सनराइज बैंकले ल्यायो सनराइज रेमिट मुद्दति खाता

2022-01-05
सनराइज बैंकले ल्यायो सनराइज रेमिट मुद्दति खाता

काठमाण्डौ।  सनराइज बैंकले सनराइज रेमिट मुद्दति खाता ल्याएको छ।

विदेशमा रहेर रोजगारी गरिरहेका नेपालीलाई लक्षित गरी उक्त मुद्दति खाता सञ्चालनमा ल्याएको बैंकले जानकारी गराएको छ। उक्त खातामा उच्च ब्याजका साथै विदेशबाट नेपाल पैसा पठाउने प्रक्रिया पनि सुलभ र सजिलो बनाएको छ। 

विदेशबाट श्रम गरी नेपालमा पैसा पठाई उक्त मुद्दति खाता खोल्न सकिने बैंकले जनाएको छ। 

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १५७ वटा एटीएम र ८३ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ।


Share this with your friends: