सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा

2022-05-01
सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी निर्मल प्रधानको नाममा रहेको १ लाख १० हजार २५७ कित्ता संस्थापक सेयर आज(वैशाख १८)गतेदेखि बिक्रीमा राखेको हो । 

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापकहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६० रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 


Share this with your friends: