सनराइज बैंकद्वारा कार्डलेस भुक्तानी सेवाको सुरुवात

2021-07-22
सनराइज बैंकद्वारा कार्डलेस भुक्तानी सेवाको सुरुवात

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ।

हालसम्म ग्राहकले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्नेछन्। यस सेवाअन्तर्गत ग्राहकले आफ्नो Sunrise Smart + (मोबाइल बैंकिङ) प्रयोग गरी Cardless Withdrawal Option मा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सब्मिट गर्नुपर्नेछ। त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटीपी कोड एसएमएसमार्फत आउनेछ। 

सनराइज बैंकको एटीएममा गई Cardless Withdrawal Option रोजी एसएमएसमा आएको ओटीपी कोडको प्रयोग गरी सजिलै कार्ड बिना नै रकम झिक्न सक्नेछन्। यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राख्न अति आवश्यक छ। 

नयाँ र अत्याधुनिक यस प्रविधिको प्रयोगले भौैतिक कार्ड बोक्न बिर्सेको अवस्थामा पनि मोबाइल बैंकिङ प्रयोग एटीएममार्फत सजिलै रकम झिक्न सकिनेछ। सनराइज बैंकले यसअघि पनि मिस्ड कलबाट बत्तीको बिल भुक्तानी, मोबाइल बिल भुक्तानीजस्ता सजिला र आधुनिक सेवाहरु प्रदान गर्दै आएको छ। यो सुविधा ग्राहकले बैंकको देशभरि रहेको १६१ वटा एटीएममार्फत लिन सक्नेछन्। 


Share this with your friends: