सनराइन बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

2021-12-05
सनराइन बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ।  सनराइज बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर १६ गते बसेको सञ्चालक समितको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस १५ गते बिहिबारका दिन काठमाण्डौ बालुवाटारमा रहेको आम्रपाली बेंक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभामा कुल ७ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। बैंकले गत आर्थिक वर्षका लागि ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांस गरी कुल ७ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ ।

यस्तै अन्य बैंक वा वित्तीय संस्था सँगलाई गाभ्ने/गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिनेछ। 

सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात तथा आ.व २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गरिनेछ। 

बैंकले पुस ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।


Share this with your friends: