समता लघुवित्तको सेयरमूल्य समायोजन

2020-12-20
 समता लघुवित्तको सेयरमूल्य समायोजन

काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। 

नेप्सेले कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गर्दै प्रतिकित्ता ५५० रुपैयाँ कायम गरेको छ। समायोजन पूर्व कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६६० रुपैयाँ थियो। 

कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १४ गते सिमरामा अवस्थीत होटल क्लासिक प्रा।लिमा बिहान १०।३० बजे वार्षिक साधारण सभा आयोजना गर्नै निर्णय गरेको छ।  

उक्त सभामा आर्थिक वर्ष २०७६ र७७ को मुनाफाबाट कुल २६ प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिनेछ। प्रस्तावित कुल लाभांसमध्ये २० प्रतिशतले हुन आउने ३ करोड ८२ लाख २३ हजार ३६० रुपैयाँ बोनस सेयर र ६।३२ प्रतिशतले हुन आउने १ करोड २० लाख ७० हजार ५३५ रुपैयाँ नगद लाभांस९कर प्रयोजनका लागि समेत० रहेका छन्।

सभामा समता लघुवित्त र घरेलु लघुवित्त एक आपसमा गाभ्ने, गाभिने(मर्जर) सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अध्यक्षको प्रतिवेदनमाथि गरी पारित गरिनेछ। यसका साथै मर्जर प्रयोजनका लागि व्यवसायिक योजना तथा प्रक्षयेपण एवंम चल अचल सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदन गर्न लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तथा मर्जर तथा मर्जर सम्बन्धि कार्यमा भएका खर्चहरु अनुमोदन गरिेनछ। 

यसका साथै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आ।व २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ। उक्त सभामा आर्थि वर्ष २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहितको नाफा नोक्सान, वासलात, नगद प्रवाह वितरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु पारित गरिनेछ। 

संस्थाले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि  पुस ५ गतेदेखि १४ गतेसम्म बुक क्लोज(सेयर दाखिला बन्द) गर्नै निर्णय गरेको छ।  


Share this with your friends: