समयमै मोटर इन्स्योरेन्स नविकरण नगर्दा हुन सक्छन् यि नोक्सान !

2020-09-07
समयमै मोटर इन्स्योरेन्स नविकरण नगर्दा हुन सक्छन् यि नोक्सान !

काठमाण्डौ । कोरोना महामारीका नियन्त्रण गर्न जारी निषेधाज्ञाका कारण यतिबेला धेरैजसो मानिसहरु घरैबाट काम गरिरहेका छन्। यस्तोमा मानिसहरुको आवत जावतमा निकै कमी आएको छ। त्यसैले कयौँ यस्ता मानिसहरु पनि हुन सक्छन् जसको मोटर इन्स्योरेन्सको म्याद सकिसकेको हुन सक्छ। उनीहरुले आवत जावतमा कमी भएका कारण मोटर इन्स्योरेन्स नविकरण नगरेको पनि हुन सक्छ। आउनुस् जानौ मोटर इन्स्योरेन्स नविकरण नगर्दा हुने ३ ठूला नोक्सानहरु के–के हुन् त ? 


थर्ड पार्टी कभर आवश्यक, समातिदा जरीवाना 
तपाइँले आफ्नो गाडीलाई एकदमै कम वा प्रयोगबिहिन अवस्था बराबर जस्तै प्रयोग गर्नुपरेपनि तपाइँले थर्ड पार्टी कभर गर्न आवश्यक छ। यो त्यो इन्स्योरेन्स हो, जसबाट कुनै थर्ड पार्टीलाई तपाइँको गाडीबाट हुने नोक्सानको भरपाईको लागि गरिने गरिन्छ। यदि तपाइँसंग यो पोलिसी छैन र तपाइँ समातिनु भयो भने तपाइँ माथि भारी जरीवाना लाग्न सक्छ। 


नो क्लेम बोनसको हुन्छ नोक्सान 
यदि तपाइँले समयमै आफ्नो गाडीको बीमा नविकरण गर्नु भएन भने, यसबाट तपाइँलाई नो क्लेम बोनसमा नोक्सान हुन सक्छ। यदि तपाइँले कुनै वर्ष दाबी लिनु भएन भने त्यसका लागि नो क्लेम बोनस दिइने गर्दछ।  


इन्स्योरेन्सका लागि तिर्नु पर्छ अधिक रकम 
जुन गाडीको इन्स्योरेन्सको एक्सपाएर भइसकेको हुन्छ। त्यसको इन्स्योरेन्स गराउनका लागि केहि शुल्क लाग्ने गर्दछ। यहा सम्म कि केहि मामिलामा त गाडीको जाचँ सम्म गर्ने गरिन्छ र तत् पश्चात इन्स्योरेन्स गर्ने गरिन्छ। यदि कुनै नोक्सान भएको पाइन्छ भने गाडीको इन्स्योरेन्स गर्न नै अस्विकार हुन सक्छ। यदि सबै ठिक छ भने पनि तपाइँले इन्स्योरेन्स रकमको अलावा  बाकि तमाम प्रकारको शुल्क तिर्नु पर्ने हुन सक्छ। 

 


Share this with your friends: