काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको २५.२८५३१६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी ३९ करोड ४३ लाख रुपैयाँको २५.२८५३१६ प्रतिशतले हुन आउने ९ करोड ९७ लाख रुपैयाँबराबरको बोनस सेयर रहेको छ ।
समीट लघुवित्त र सजिलो लघुवित्त मर्जरमा गई २०७७ असोज ६ गतेदेखि एकिकृत कारोबार सुरुवात गरिएको हुँदा घोषित लाभांस रकममा लाग्ने लाभांस करको व्यवस्था नगरिएको संस्थाले जनाएको छ ।
प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।