समृद्धि फाइनान्सको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड

2021-08-01
समृद्धि फाइनान्सको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहतर्फको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ । 

कम्पनीले गत असार २९ गतेदेखि साउन ५ गतेसम्म ११ लाख ३५ हजार ५४८ कित्ता अवितरित हकप्रद सेयर बोलकबोलमार्फत बिक्री खुला गरेको थियो । उक्त लिलामी सेयर रितपूर्वक आवेदन दिने आवेदकहरुलाई प्रशोधन गर्दा रु.१०२ देखि १०५.०५ सम्मको दरले लगानी गरेका २० जना बोलपत्रदाताहरुलाई माग बमोजिम नै सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । 

बाँडफाँडमा नपरेका बोलपत्रदाताहरुको रकम साउन १७ गतेदेखि दरखास्त फारममा उल्लेख भएको बैंक खातामा सिधै रकमान्तर गरिने कम्पनीले जनाएको छ । 


Share this with your friends: