सर्वोत्तम सिमेन्टद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने

2022-01-04
सर्वोत्तम सिमेन्टद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी माघ ११ गते मंगलबारका दिन काठमाण्डौ तीनकुने स्थित न्यौपाने टावरमा रहेको सर्वोत्तम सिमेन्ट लिमिटेडको कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ। 

उक्त सभामा बुक बिल्डीङ बिधिबाट कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यस्तै धादिङ जिल्लामा रहेको चुनढुंगा भण्डारणको उत्खनन कार्यका लागि १५ करोड १ लाख रुपैयाँमा नेपाल सरकार खानी तथा भुगर्भ विभागबाट सञ्चालक समितिको निर्णय बमोजिम खानी खरिद गरिएको निर्णयलाई अनुमोदन गरिनेछ । 

यसका साथै सञ्चालक समितिको दोस्रो वार्षिक प्रतिवेदन पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व २०७७र७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ। 

सभामा आ।व २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरिनेछ। 


Share this with your friends: