सांग्रिला डेभलपमेन्ट बैंकद्वारा तीजका अवसरमा लकर सुविधामा ४०% सम्म छुटको व्यवस्था

2021-09-09
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा तीजका अवसरमा लकर सुविधामा ४०% सम्म छुटको व्यवस्था

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले हिन्दु नारीहरुको महान चाड हरितालिका तीजका अवसरमा महिला लकर सुविधामा ४०५सम्म छुटको व्यवस्था गरेको छ । 

तीन महिनाभित्र लकर सुविधा लिने ग्राहकले मात्र उक्त छुटको सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। यस लकर सुविधाबाट लाभ उठाई आफ्नो बहुमूल्य सामान सुरक्षित राख्न सम्पूर्ण ग्राहकलाई बैंकले विज्ञप्तिमार्फत आग्रह गरेको छ। 

यस चाडपर्वलाई सामाजिक दूरी कायम गर्दै हर्षोउल्लासका साथ परिवारका वीच सीमित भई मनाउन पनि बैंकले आग्रह गरेको छ। 


Share this with your friends: