साताको अन्तिम दिन बीमामा चमक,बजारमा भने गिरावट

2022-03-24
साताको अन्तिम दिन बीमामा चमक,बजारमा भने गिरावट

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ३६९.१८ अंकले बढ्दै १४९०३.५६ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १२७.४३ अंकले बढ्दै १२२८८.०४ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ५ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज एलआईसी नेपालको सेयरमूल्य ५.५९,ज्याति लाइफ ५.२६,सानिमा लाइफ ४.८०,गुरास लाइफ ४.६९ र नेपाल इन्स्योरेन्सको सेयरमूल्य ४.६३ प्रतिशतले बढ्यो। यस्तै प्रभु लाइफको सेयरमूल्य ४.५९,एनएलजी इन्स्योरेन्स ४.४७,सूर्या लाइफ ४.११,युनियन लाइफ ३.९३ र नेशनल लाइफको सेयरमूल्य ३.४६ प्रतिशतले बढ्यो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक १६.६९ अंकले घट्दै २६१३.६७ बिन्दुमा पुग्यो। यो दिन बजारमा २२४ कम्पनीका ५२ लाख ९८ हजार ५४३ कित्ता सेयर ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२५ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा जीवन र निर्जीवन बीमा उपसूचक बाहेक अन्य सबै उपसूचकमा गिरावट आयो। बैंकिङ उपसूचक १२.८९ अंकले घटेको आज व्यापार ३०.६४,होटल ४३.८१,विकास बैंक ८८.४९,हाइड्रो ३१.७७,वित्त ४३.३६,उत्पादन तथा प्रशोधन ८४.३२,अन्य ३५.२३,लघुवित्त २०.४८,म्युचुअल फन्ड ०.०८ र लगानी उपसूचक १.७३ अंकले घट्यो। 

आज राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै इमर्जिङ नेपालको सेयरमूल्य ९.९९ र युनाइटेड इर्दी मर्दीको सेयरमूल्य ९.९३ प्रतिशतले बढ्यो। 

आज नेपाल फाइनान्स कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ४.६७ प्रतिशतले घट्यो। 

यो दिन जीवन विकास लघुवित्तको सर्वाधिक सेयर कारोबार भयो। आज जीवन विकास लघुवित्तको ३० करोड ६३ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: