सानिमा माई हाइड्रोको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-10-03
सानिमा माई हाइड्रोको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सानिमा माई हाइड्रो लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(असोज १७ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

कम्पनीले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि अर्थात असोज १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् । 

कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभास गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजीको १० प्रतिशतले हुन आउने २८ करोड ८ लाख ४१ हजार रुपैयाँबराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ४७ लाख ८१ हजार १०५ रुपैयाँबराबरको नगद लाभांस रहेका छन् । 

प्रस्तावित लाभांस आगामी कात्तिक ११ गते आयोजना हुने कम्पनीको वार्षिक  साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।


Share this with your friends: