काठमाण्डौ । सानिमा बैंक लिमिटेड कोष प्रवर्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्डका लागि नगद लाभांस घोषणा गरिएको छ ।
यी दुवै फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस घोषणा गरेका हुन् ।
सानिमा इक्विटी फन्डका इकाइधनीहरुका लागि ३३ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ र सानिमा लार्ज क्याप फन्डका इकाइधनीहरुका लागि ४ प्रतिशतले हुन आउने ४ करोड ८० लाख रुपैयाँ नगद लाभांस घोषणा गरिएको छ ।