सामान्य अंकले बढ्यो नेप्से,बीमातर्फ युनियन लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-04-21
सामान्य अंकले बढ्यो नेप्से,बीमातर्फ युनियन लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज जीवन बीमा उपसूचक ७४.१४ अंकले बढ्दै १२६१२.५७ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने ८५.२ अंकले घट्दै १०५२७.५६ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज युनियन लाइफको सेयरमूल्य ४.०३ प्रतिशतले बढ्दै प्रतिकित्ता ६२० रुपैयाँ पुग्यो।  

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनी परे। आज राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य ४.२१,आइएमई जनरल ३.६९ र जनरल इन्स्योरेन्सको सेयरमूल्य ३.३३ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा सामान्य अंकको सुधार भयो। परिसूचक ४.९४ अंकले बढ्दै २३२५.४५ बिन्दुमा पुग्यो। यो दिन बजारमा २३१ कम्पनीका ३९ लाख ९१ हजार ०५१ कित्ता सेयर १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८४८ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ८ वटा उपसूचकमा हरियाली छायो भने अन्य ५ वटा उपसूचकमा रातो पोतियो। आज होटल उपसूचक ३०.९८,विकास बैंक ३५.१२,हाइड्रो १०.६१,उत्पादन तथा प्रशोधन १३.४२,अन्य ३५.८५,लघुवित्त ६.७६ र लगानी उपसूचक ०.३४ अंकले बढ्यो। 

बैंकिङ उपसूचक ४.५८ अंकले घटेको आज व्यापार १८.७३,वित्त १२.१७ र म्युचुअल फन्ड ०.०५ अंकले घट्यो। 

आज जाल्पा सामुदायिक लघुवित्त र ग्रिन भेन्चर्स कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो।

आज घलेम्दी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ६.३० प्रतिशतले घट्यो। 

यो दिन नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको १० करोड ३६ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: