सामान्य अंकका साथ उकालो लाग्यो बजार, बीमातर्फ एलआईसी नेपालको सेयरमूल्यमा सर्वाधिक गिरावट

2021-02-21
सामान्य अंकका साथ उकालो लाग्यो बजार, बीमातर्फ एलआईसी नेपालको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै गिरावट जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूहको परिसूचक ३६१.४६ अंकले घट्दै १८०८९.६५ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा समूह पनि ८३.८८ अंकले घट्दै १३१०५.३६ को बिन्दुमा झर्यो। 
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी नेपाल)रह्यो। आज यो कम्पनीको सेयरमूल्य ३.१५ प्रतिशतले घट्दै प्रतिकित्ता २४२६ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचक एकल अंकले बढ्यो। परिसूचक ३.६६ अंकले बढ्दै २६४०.३४ को उचाईमा पुग्यो। यो दिन बजारमा २०७ कम्पनीका २ करोड ४३ लाख ५ हजार ०६६ कित्ता सेयर ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९६७ रुपैयाँमा किनबेच भयो। 

आज ७ वटा समूहमा हरियाली छायो। आज हाइड्रो समूहमा सर्वाधिक वृद्धि आयो। हाइड्रो समूह ८३.२७ अंकले बढ्यो भने व्यापार १६.५, होटल १२.१७, विकास बैंक २९.३२, उत्पादन तथा प्रशोधन ४.४४, अन्य ३९.९१ र म्युचुअल फन्ड ०.८२ अंकले बढ्यो। 

आज बैंकिङ समूह ७.१३ अंकले घट्यो। त्यस्तै वित्त ४.१८ र लघुवित्त ४५.४६ अंकले घट्यो। 

आज अपर तामाकोशि र शिवश्री हाइड्रोपावरको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। यी कम्पनीहरुको सेयरमूल्य १० प्रतिशतले बढ्दै पोजेटिभ सक्रिट लाग्यो। त्यस्तै निफ्राको सेयरमूल्य ९.८९ प्रतिशत, नेपाल हाइड्रो डेभलपर्स ९.८२ र चन्द्रागिरी हिल्सको सेयरमूल्य ९.८० प्रतिशतले बढ्यो। 

आज वेष्ट फाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ३.३७ प्रतिशतले घट्यो भने किसान लघुवित्त ३.२७, सबैको लघुवित्त ३.२७, समिट लघुवित्त ३.२४ र फरवार्ड कम्युनिटीको सेयरमूल्य ३.२० प्रतिशतले घट्यो। 

यो दिन नेपाल बैंक लिमिटेडको सर्वाधिक सेयर कारोबार भयो। बैंकको ६१ करोड ७४ लाख बढीको सेयर कारोबार भयो। यसैगरी निफ्राको ५५ करोड २१ लाख, ग्लोबल आइएमई बैंक ३१ करोड २२ लाख, एनआईसी एशिया बैंक ३० करोड ६६ लाख र शिखर इन्स्योरेन्सको २७ करोड ५६ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: