सामान्य अंकले घट्यो नेप्से, बीमाका दुवै उपसूचकमा समेत गिरावट

2021-12-09
सामान्य अंकले घट्यो नेप्से, बीमाका दुवै उपसूचकमा समेत गिरावट

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक ६०.२७ अंकले ओरालो लाग्दै १०८२६.७६ बिन्दुमा झर्यो । यो दिन जीवन बीमा उपसूचक पनि ३४.४३ अंकले घट्दै १३०८८.१९ बिन्दुमा झर्यो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् । बीमातर्फ आज प्रभु लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो । कम्पनीको सेयरमूल्य १.५९ प्रतिशतले बढ्दै प्रतिकित्ता ५१९ रुपैयाँ कायम भयो । 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । बीमातर्फ आज एनएलजी इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य २.२४ प्रतिशतले घट्दै प्रतिकित्ता ७८० रुपैयाँ कायम भयो । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आयो । परिसूचक ५.८४ अंकले घट्दै २४४९.९७ बिन्दुमा झर्यो । यो दिन बजारमा २३१ कम्पनीका ६२ लाख २३ हजार ७२१ कित्ता सेयर २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७९२ रुपैयाँमा किनबेच  भयो । 

आज बजारमा ३ वटा उपसूचकमा हरियाली छायो । होटल एण्ड टुरिजम उपसूचक १८.७७, अन्य ४.१७ र म्युचुअल फन्ड ०.०१ अंकले बढ्यो ।
बैंकिङ उपसूचक २.३५ अ.कले घटेको आज व्यापार १९.३४, विकास बैंक २१.९२, हाइड्रोपावर १७.०१, वित्त १६.२८, उत्पादन तथा प्रशोधन २४.८३, लघुवित्त २५.०२ र लगानी उपसूचक ०.०७ अंकले घट्यो । 

आज सिनर्जी पावर कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो । कम्पनीको सेयरमूल्य ४.५५ प्रतिशतले बढ्यो । 

त्यस्तै आज सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक घट्यो । सामुदायिक लघुवित्तको सेयरमूल्य ५.८२ प्रतिशतले घट्यो । 

यो दिन हिमालयन डिस्टीलरीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ८ करोड ८५ लाख बढीको सेयर कारोबार भयो ।     


Share this with your friends: