सामान्य अंकले बढ्यो नेप्से,नेशनल लाइफको सर्वाधिक सेयर कारोबार

2022-01-27
सामान्य अंकले बढ्यो नेप्से,नेशनल लाइफको सर्वाधिक सेयर कारोबार

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज निर्जीवन बीमा उपसूचक १३२.१ अंकले बढ्दै १२८५६.१२ बिन्दुको उचाइमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने १.३२ अंकले घट्दै १६१०८.३० बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरे कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज अजोड इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ७.२८ प्रतिशतले घट्दै प्रतिकित्ता ७८० रुपैयाँ कायम भयो। त्यस्तै शिखर इन्स्योरेन्सको सेयरमूल्य ३.०९ र नेको इन्स्योरेन्सको सेयरमूल्य १.७६ प्रतिशतले बढ्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा सामान्य अंकले वृद्धि भएको छ। परिसूचक ३.३३ अंकले बढ्दै २७७९.९८ बिन्दुमा पुग्यो। यो दिन बजारमा २२४ कम्पनीका ६६ लाख ७५ हजार २३१ कित्ता सेयर ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ८६४ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ७ वटा उपसूचकमा हरियाली छायो। आज हाइड्रो उपसूचक ५.५२,वित्त १४.६५,उत्पादन तथा प्रशोधन २८.७२,अन्य १७.९२,लघुवित्त ५.३१ र लगानी ०.४७ अंकले बढ्यो। 

बैंकिङ उपसूचक ४.३३ अंकले घटेको आज व्यापार ६.९९,होटल एण्ड टुरिजम २१.५५,विकास बैंक २१.१ र म्युचुअल फन्ड ०.०९ अंकले घट्यो। 
आज विन लघुवित्त र बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढ्यो। यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै सीईडीबी हाइड्रोपावरको सेयरमूल्य ८.७२ एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरमूल्य ७.१६ पं्रतिशतले बढ्यो। 

आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक घट्यो। यो बैंकको सेयरमूल्य ४.१४ प्रतिशतले घट्यो। 

यो दिन नेशनल लाइफको सर्वाधिक सेयर कारोबार भयो। नेशनल लाइफको २० करोड २ लाख बढीको सेयर कारोबार भयो। त्यस्तै एनटीसीको ११ करोड ४७ लाख र अपि पावरको ११ करोड १७ लाख बढीको सेयर कारोबार भयो। .  

 


Share this with your friends: