सामान्य अंकले घट्यो नेप्से,बीमातर्फ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2022-02-17
सामान्य अंकले घट्यो नेप्से,बीमातर्फ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ६३.७४ अंकले ओरालो लाग्दै १५०६५.९७ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ६.२ अंकले घट्दै १२४५०.९७ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। आज यो कम्पनीको सेयरमूल्य १.८६ प्रतिशतले बढ्दै प्रतिकित्ता ७१२ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य २.२४ प्रतिशतले घट्दै प्रतिकित्ता ९१७ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आयो। परिसूचक १.९४ अंकले घट्दै २७३२.५१ बिन्दुमा झर्यो। यो दिन बजारमा २२७ कम्पनीका ४० लाख १७ हजार ४२९ कित्ता सेयर २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ५ वटा उपसूचकमा हरियाली छायो। आज व्यापार उपसूचक १२.३३,हाइड्रो २.५९,उत्पादन तथा प्रशोधन ०.११,अन्य ५.१२ र म्युचुअल फन्ड ०.०२ अंकले बढ्यो। 

बैंकिङ उपसूचक ०.०७ अंकले घटेको आज होटल ९.७,विकास बैंक २०.३,वित्त १०.६३,लघुवित्त ४.४७ र लगानी उपसूचक ०.३४ अंकले घट्यो। 
आज तेह्रथुम पावर कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ६.४७ प्रतिशतले बढ्यो। त्यस्तै युनाइटेड इदी मर्दीको सेयरमूल्य ६.३२,सामलिंग पावर ४.१३ र जीवन विकास लघुवित्तको सेयरमूल्य ३.५३ प्रतिशतले बढ्यो। 

आज बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ४.०२ प्रतिशतले घट्यो। 

यो दिन जीवन विकास लघुवित्तको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको २२ करोड ३७ लाख बढीको सेयर कारोबार भयो।   

 


Share this with your friends: