साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2021-08-27
साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । साहस उर्जा लिमिटेडको आईपीओमा आवेदन दिने आज(भदौ ११ गते)अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु क्षेत्रका वासिन्दाका लागि निष्कासित ३५ लाख कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गत साउन १४ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दा र आम सर्वसाधारणका लागि गरी १ करोड ५ लाख कित्ता आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको थियो ।


Share this with your friends: