साहस उर्जाले असोज ६ गतेदेखि आईपीओ निष्कासन गर्ने

2021-09-14
साहस उर्जाले असोज ६ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । साहस उर्जा लिमिटेडले आगामी असोज ६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ७० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ७० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । 

निष्कासन गरिने सेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल फन्डका लागि सुरक्षित राखि बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो ।  

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा असोज १० गते र ढिलोमा असोज २० गते बैंकिङ समयपछि हुनेछ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत साउन १४ गते स्वीकृति प्राप्त गरेको थियो । यो कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले ‘इक्राएनपी आईआ०रबीबी’ रेटिङ प्रदान गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दा र आम सर्वसाधारणका लागि गरी १ करोड ५ लाख कित्ता आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको थियो । 

जसअन्तर्गत पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु क्षेत्रका वासिन्दाका लागि गत गत साउन २९ गतेदेखि भदौ ११ गतेसम्म ३५ लाख कित्ता सेयर आईपीओ निष्कासन गरिसकेको छ । 


Share this with your friends: