साहस उर्जाद्वारा सेयर अभौतिकीकरण गर्न आग्रह

2021-11-15
साहस उर्जाद्वारा सेयर अभौतिकीकरण गर्न आग्रह

काठमाण्डौ । साहस उर्जा लिमिटेडले सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीले संस्थापक सेयरधनीहरु तथा आयोजना प्रभावित बासिन्दाका आधारमा साधारण सेयर प्राप्त गरेका सेयरधनीहरुलाई सेयर अभौतिकिकरण गर्न आग्रह गरेको हो । 

कम्पनीले संस्थापक सेयरधनीहरुको हकमा आफ्नो सम्बन्धित निक्षेप सदस्य(डीपी)मा सम्पर्क गरी लक इन पिरियड सहितको डिआरएन मार्फत अभौतिकिकरण गर्न सकिने जनाएको छ । 

यस्तै आयोजना प्रभावित बासिन्दाको आधारमा सेयर प्राप्त गर्ने सेयरधनीको हकमा कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडको मुख्य कार्यालय वा शाखा कार्यालयहरु पुतलीसडक काठमाण्डौ, लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा, आदर्शनगर विरगंज, ट्राफिकचोक बुटवल र गोल्छाचोक विराटनगरमा सम्पर्क राखी आफ्नो हितग्राही खातामा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।        


Share this with your friends: