सिंगापुर भ्रमण गर्नेलाई कोरोना बीमा खरिदको व्यवस्था

2020-10-12
सिंगापुर भ्रमण गर्नेलाई कोरोना बीमा खरिदको व्यवस्था

काठमाण्डौ । सिंगापुरमा छोटो अवधिका लागि यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरी कोरोना बीमा पोलिसी लञ्च गरिएको छ। सिंगापुरको अग्रेणी अनलाइन इन्स्योरेन्स कम्पनी एच एल एस्योरेन्सद्रारा अन्डरराइटिङ गरिएको कोभिड–१९ इन्स्योरेन्स पोलिसीलाई च्यांगी ट्राभल सर्भिसेसले वितरण गरेको हो।

 सिंगापुर भ्रमणमा आउने यात्रुहरुले आगमनको दौरान वा आगमन अघि यो बीमा पोलिसी खरिद गर्न सक्नेछन्। तथापि ७० वर्ष भन्दामाथि र ३ वर्षभन्दा मुनिका यात्रुहरु भने यो पोलिसी खरिदका लागि योग्य हुने छैनन्। 

च्यांगी एस्योर नामाकरण गरिएको यो पोलिसीले यदि कुनै यात्रु सिंगापुरको बसाईका क्रममा कोरोनाबाट संक्रमित भई अस्पताल भर्ना हुनुपर्यो भने करीब १ लाख डलरसम्मको अस्पताल खर्च कभर गर्नेछ। 

सिंगापुरले कोरोना महामारीको नियन्त्रणका लागि लागु गरेको प्रतिबन्धहरु फुकुवा गरेसँगै यस्तो बीमा पोलिसी सार्वजनिक भएको हो। 
अहिले सिंगापुरले चीन, ब्रुनाई, जापान, दक्षिण कोरिया, र मलेसिया जस्ता देशहरुसँग अत्यावश्यक र आधिकारीक यात्राका लागि दुईपक्षिय ग्रिन लेनको व्यवस्था गरेको छ। 

यसका साथै एयर ट्राभल पासका लागि आवेदन दिएका अष्ट्रिेलिया(भिक्टोरिया प्रान्तका बाहेक), ब्रुनाई, न्युजिल्याण्ड र भियतनामका सर्वसाधारणलाई समेत सिंगापुरको यात्रा गर्न अनुमति दिइएको छ। 

यद्यपी च्यांगी ट्राभल सर्भिसेसको वेभसाइटका अनुसार च्यांगीएस्योरेन्स चीन, बु्रनाई जापान, मलेसिया न्युजिल्याण्ड र दक्षिण कोरियाका यात्रुहरुका लागि उपलब्ध हुनेछ। 

 


Share this with your friends: