सिटिजन्स म्युचुअल फन्ड १ र २ को बुक क्लोज मिति तय

2021-08-31
सिटिजन्स म्युचुअल फन्ड १ र २ को बुक क्लोज मिति तय

काठमाण्डौ  । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रवद्र्धक तथा सीबीआईएल क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिटिजन्स म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको सिटिजन्स म्युचुअल फन्ड १ र २ को बुक क्लोज मिति तय गरिएको छ । दुवै फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि  योजना इकाईधनीहरुका लागि घोषणा गरेको ४० प्रतिशत नगद लाभांसका लागि बुक क्लोज मिति तय गरिएको हो । 

लाभांस वितरण प्रयोजनका लागि आगामी भदौ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ । त्यसैले भदौ २२ गतेसम्म कायम इकाइधनीहरु मात्रै फन्डहरुद्वारा घोषणा गरिएको ४० प्रतिशत नगद लाभांस प्राप्त गर्न योग्य हुनेछन् ।


Share this with your friends: