सिटिजन्स म्युचुअल फन्ड १ र २ को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-09-08
सिटिजन्स म्युचुअल फन्ड १ र २ को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ  । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रवद्र्धक तथा सीबीआईएल क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिटिजन्स म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको सिटिजन्स म्युचुअल फन्ड १ र २ को नगद लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुवै फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि  योजना इकाईधनीहरुका लागि घोषणा गरेको ४० प्रतिशत नगद लाभांसका सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

लाभांस वितरण प्रयोजनका लागि भदौ २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म(भदौ २३ गते)सम्म कायम इकाइधनीहरु मात्रै फन्डहरुद्वारा घोषणा गरिएको ४० प्रतिशत नगद लाभांस प्राप्त गर्न योग्य हुनेछन् ।


Share this with your friends: