काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांस प्रदान गर्ने घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ११ प्रतिशत लाभांस दिने घोषणा गरेको हो।
बैंकको कात्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस शेयर र करसहित ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई लाभांस प्रदान गरिनेछ।