सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

2021-06-11
सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा काठमाण्डौको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमामा भर्चुअल माध्यमबाट आयेजना भएको हो । 

उक्त सभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९४ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ । 

 सभाले सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतनलाल केडियाबाट प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ। 

उक्त अवसरमा आर्थिक वर्ष २०७६/७७ मा विभिन्न बीमा व्यवसायअन्तर्गत १ अर्ब ९६ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको जानकारी दिइएको थियो । चालु आर्थिक वर्षको आजसम्म २ अर्ब १ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन भइसकेको पनि सभामा जानकारी गराइएको थियो। उक्त वीमा शुल्क संकलन गत आर्थिक वर्षको सोहीको तुलनामा १६.०७ बढी रहेको छ। 


Share this with your friends: