सिद्धार्थ इक्विटी फन्डको बुक क्लोज मिति तय, ३०% लाभांसका लागि कहिलेसम्म बन्ने इकाइधनी ?

2021-08-08
सिद्धार्थ इक्विटी फन्डको बुक क्लोज मिति तय, ३०% लाभांसका लागि कहिलेसम्म बन्ने इकाइधनी ?

काठमाण्डौ  । सिद्धार्थ बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको सिद्र्धाथ इक्विटी फन्डको बुक क्लोज मिति तय गरिएको छ । फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि  योजना इकाईधनीहरुका लागि घोषणा गरेको ३० प्रतिशत नगद लाभांस(कर सहित)का लागि बुक क्लोज मिति तय गरिएको हो । 

लाभांस वितरण प्रयोजनका लागि आगामी साउन ३२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ । त्यसैले साउन ३१ गतेसम्म कायम इकाइधनीहरु मात्रै फन्डद्वारा घोषणा गरिएको ३० प्रतिशत नगद लाभांस प्राप्त गर्न योग्य हुनेछन् । 


Share this with your friends: