सिद्धार्थ बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-01-11
सिद्धार्थ बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकको गत पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले भोलि(पुस २८ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्। 

बैंकले गत आर्थिक वर्षका लागि १२ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। लाभांस वितरणको प्रस्ताव पारित गर्न बैंकले आउँदो माघ १६ गते १९ औँ वार्षिक साधारण सभा आयोजना गर्दैछ। 

बैंकद्वारा प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको १९ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।

 


Share this with your friends: