सिनर्जी पावर डेभलपमेन्टको सेयरमूल्य समायोजन

2020-12-27
सिनर्जी पावर डेभलपमेन्टको सेयरमूल्य समायोजन

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ४.७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

सेयरमूल्य समायोजन गर्दै नेप्सेले संस्थाको सेयरमूल्य प्रति कित्ता २०७ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता २१७ रुपैयाँ कायम थियो। 

संस्थाको गत मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांसमा चुक्तापूँजीको ४.७५ प्रतिशतले हुन आउने ३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर र ०.२५ प्रतिशतले हुन आउने १७ लाख ५० हजार नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्।  

यो लाभांस कम्पनीको पुस २२ गते आयोजना हुने आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ। 

 


Share this with your friends: