सिभिल बैंकको ६४ लाख कित्ता बढी बोनस सेयर नेप्सेमा सूचीकृत

2021-04-12
सिभिल बैंकको ६४ लाख कित्ता बढी बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सिभिल बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा बैंकको ८ प्रतिशत बोनस सेयर अर्थात ६४ लाख २ हजार ७११.७४ कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

यो बोनस सेयर बैंकले गत आर्थिक वर्षका लागि वितरण गरेको थियो। बैंकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२ प्रतिशत लाभांस वितरण गरेको थियो। 

 


Share this with your friends: