सिभिल बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-02-04
सिभिल बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सिभिल बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ८.४२ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। 

सिभिल बैंकले भोलि(माघ २३ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्। 

बैंकले यसअघि गत आ.व का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आउँदो फागुन ९ गते आयोजना हुन गईरहेको १० औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।   

 


Share this with your friends: