सिभिल बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-02-05
सिभिल बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सिभिल बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २१५ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता २३२ रुपैयाँ कायम थियो । 
बैंकले यसअघि गत आ।व का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आउँदो फागुन ९ गते आयोजना हुन गईरहेको १० औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।   

बैंकले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि आज एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ हिजोसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्न हुनेछन् ।  

 

 


Share this with your friends: