सिवाईसी नेपाल लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

2022-04-15
सिवाईसी नेपाल लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गरेको छ । संस्थाले आज(वैशाख २ गते)देखि आम सर्वसाधारणका लागि ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँबराबराको रु.१०० अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता सेयर आईपीओ निष्कासन गरेको हो । 

निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता म्युचुअल फन्डका लागि र बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा वैशाख १० गते र ढिलोमा वैशाख १६ गते बैंकिङ समयपछि हुनेछ । 

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


Share this with your friends: