सिवाईसी नेपाल लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2022-04-19
सिवाईसी नेपाल लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(वैशाख ६ गते)अन्तिम दिन रहेको छ ।  संस्थाले गत वैशाख २ गतेदेखि आम सर्वसाधारणका लागि ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँबराबराको रु.१०० अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता सेयर आईपीओ निष्कासन गरेको थियो । 

निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता म्युचुअल फन्डका लागि र बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


Share this with your friends: