सूर्या लाइफसहित तीन कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-12-24
सूर्या लाइफसहित तीन कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले तीनवटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसहित न्योति विकास बैंक, एनएमबी लघुवित्त र पोखरा फाइनान्स लिमिटेडद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले सूर्या लाइफद्वारा प्रस्तावित १२.७० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६३८.८६ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७२० रुपैयाँ कायम थियो । एनएमबी लघुवित्तद्वारा प्रस्तावित २१.५० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दे प्रतिकित्ता १०५३.५० रुपैयाँ निर्धारण गरिएको छ । 

त्यस्तै ज्योति विकास बैंकद्वारा प्रस्तावित ११ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४०३.१५ रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४४७.५० रुपैयाँ थियो । 


Share this with your friends: