सेन्ट्रल फाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-01-25
सेन्ट्रल फाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २१७ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य २३२ रुपैयाँ कायम थियो। 
सेन्ट्रेल फाइनान्सले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ ।


Share this with your friends: