सेन्ट्रल फाइनान्सको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

2022-01-25
सेन्ट्रल फाइनान्सको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत पुस ३० गते सम्पन्न २५ औँ वार्षिक साधारण सभाबाट पारित ३.३० प्रतिशत नगद लाभांस(कर सहित) माघ ११ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो। 

बुक क्लोज अवधिसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा गरिएको कम्पनीले जनाएको छ। भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ। 

यस्तै कम्पनीले साधारण सभाबाट पारित भएको ७.७० प्रतिशत बोनस सेयर सूचिकरण भएपश्चात सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिने व्यवस्था मिलाइने समेत जनाएको छ । 


Share this with your friends: