सेयर बजारमा पहिरो, बीमातर्फ रिलायन्स लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

2021-12-12
सेयर बजारमा पहिरो, बीमातर्फ रिलायन्स लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक ५०७.५१ अंकले घट्दै १२५८०.५८ बिन्दुमा झर्यो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ४९०.१२ अंकले घट्दै १०३३६.६४ बिन्दुमा सीमित भयो । 

आज बजारमा सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् । 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सचूीमा कुनै पनि बीमा कम्पनी परेनन् । बीमातर्फ आज रिलायन्स लाइफको सेयरमूल्य सर्वाधिक घट्यो । कम्पनीको सेयरमूल्य ५.६५ प्रतिशतले ओरालो लाग्दै प्रतिकित्ता ४५१ रुपैयाँ कायम भयो । 

बजारमा अरु के–के भयो ?

 आज नेप्से परिसूचकमा पहिरो आयो । परिसूचक ८८.७० अंकले घट्दै २३६१.२७ बिन्दुमा सीमित भयो । यो दिन बजारमा २२८ कम्पनीका ७२ लाख २३ हजार २४० कित्ता सेयर ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार २५२ रुपैयाँमा किनबेच भयो । 

आज बजारमा सबै उपसूचकमा पहिरो आयो । बैंकिङ उपसूचक ४४.५३ अंकले ओरालो लागेको आज व्यापार १८९.२५, होटल एण्ड टुरिजम ८७.२६, विकास बैंक २८१.७९, हाइड्रोपावर १२४.९६, वित्त १००.२७, उत्पादन तथा प्रशोधन १८६.६८, अन्य ६३.०४, लघुवित्त १७५.६३, म्युचुअल फन्ड ०.२ र लगानी उपसूचक ३.१५ अंकले ओरालो लाग्यो । 

आज मञ्जुश्री फाइनान्सको सेयरमूल्य सर्वाधिक बढ्यो । कम्पनीको सेयरमूल्य ४.५५ प्रतिशतले बढ्यो । यस्तै नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.४६ र युनाइटेड मोदी हाइड्रोको सेयरमूल्य २.१७ प्रतिशतले बढ्यो । 

आज नयाँ सारथी लघुवित्तको सेयरमूल्य सर्वाधिक घट्यो । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो । 

यो दिन मञ्जुश्री फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १९ करोड ७७ लाख बढीको सेयर कारोबार भयो । 


Share this with your friends: